२०८१ कार्तिक २३, शुक्रवार , ०८:५२:३८ बजे

Sajhamanch
'

बङ्गलादेशसँगको पहिलो टेष्ट क्रिकेट भारतले जित्यो

आइतवार, असोज ६, २०८१

झापा । बङ्गलादेशसँगको पहिलो टेष्ट क्रिकेट भारतले जितेको छ । चेन्नईमा भएको पहिलो टेस्टमा भारतले बङ्गलादेशलाई २८० रनले हराएको हो ।

भारतले दिएको ५१५ रनको लक्ष्य पछ्याएको बङ्गलादेश आज चौथो दिनको खाना समयअघि नै २३४ रनमा अलआउट भयो । उसका नजमुल होसाइन शान्तोले सर्वाधिक ८२ रन बनाए ।

भारतका रविचन्द्रन आश्विनले ६ विकेट लिए । दुई खेलको टेस्ट र तीन खेलको टी–२० क्रिकेट खेल्न बङ्गलादेश भारतको भ्रमणमा रहेको छ ।

सम्बन्धित खबर