२०८१ कार्तिक २३, शुक्रवार , ११:४९:५२ बजे

Sajhamanch
'

झापामा सवारीसाधन कारबाहीबाट ६६ लाख बढी राजस्व सङ्कलन

आइतवार, असोज ६, २०८१

झापा । जिल्ला ट्राफिक कार्यालयाले चालु आर्थिक वर्षको पहिलो दुई महिनामा रु. ६६ लाख १५ हजार राजस्व सङ्कलन गरेको छ ।

९ हजार ७६९ सवारीसाधन कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको कार्यालयका प्रहरी नायब निरीक्षक पूर्णप्रसाद गौतमले जानकारी दिए।

सो अवधिमा सबैभन्दा धेरै १ हजार ६८४ जिप, कार तथा भ्यानलाई कारबाही गर्दा रु. १० लाख ५ हजार ५०० राजस्व सङ्कलन भएको छ । यसैगरी १ हजार २३१ मोटरसाइकल, ६९६ ट्रक, २१० बस, १७४ टिपर, १८४ ट्रयाक्टर र ३०६ टेम्पो कारबाहीमा परेका छन् ।

कार्यालयको तथ्याङ्कानुसार साउन १० र भदौमा छ गरी सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको छ । सोही अवधिमा दुर्घटनामा परी ३२ जना सख्त घाइते र ३६० जना सामान्य घाइते भएका थिए ।

प्रनानि गौतमकानुसार पछिल्लो दुई महिनामा जिल्लाभरिमा २३६ दुर्घटना भएका छन् । यस अवधिमा २२६ मोटरसाइकल, चार ट्रक, ११ बस, ३५ जिप÷कार, तीन ट्र्याक्टर, ४३ टेम्पो, एक टिपर र दुई अन्य सवारी दुर्घटनामा परेका थिए ।

सम्बन्धित खबर