२०८१ असोज ४, शुक्रवार , ०७:५३:३९ बजे

Sajhamanch
'

भारतसँगको टेस्टमा बङ्गलादेश पहिलो पारीमा १४९ रनमा अलआउट

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । भारतसँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा बङ्गलादेश १४९ रनमै अलआउट भएको छ ।

खेलको दोस्रो दिनको चिया समयपछि बङ्गलादेश १४९ रनमै समेटियो । बङ्गलादेशका शाकिब अल हसनले सबैभन्दा धेरै ३२ रन बनाए । भारतका जसप्रीत बुमराहले ४ विकेट लिए ।

अहिले भारतले दोस्रो पारीको ब्याटिङ थालेको छ । घरेलु टोली भारतले पहिलो पारीमा रविचन्द्रन अश्विनको शतक तथा रविन्द्र जडेजा यशस्वी जयसवालको अर्धशतकको मद्दतमा ३७६ रन बनाएको थियो । पहिलो पारीमा बङ्गलादेशका हसन महमुदले ५ विकेट लिएका थिए ।

भारत र बङ्गलादेशबीच दुई खेलको टेस्ट शृङ्खला भइरहेको हो । यसपछि दुई टोलीले तीन खेलको टी–२० क्रिकेट शृङ्खला खेल्नेछन् ।

सम्बन्धित खबर