२०८१ असोज ४, शुक्रवार , १०:००:३५ बजे

Sajhamanch
'

उत्साहजनक प्रदर्शनमा ‘शाम्बाला’, यस्तो छ ६ दिने कमाइ

शुक्रवार, असोज ४, २०८१

काठमाडौं । काठमाडौंका ९ र उपत्यकाबाहिरका ३० हलमा रिलिज भएको ‘शाम्बाला’ले ६ दिनमा उत्कृष्ट कमाइ गरेको छ । निर्माता तथा निर्देशक मीनबहादुर भामका अनुसार फिल्मले यस अवधिमा १ करोड १९ लाख रुपैयाँ ग्रस कमाएको छ ।

प्रदर्शनको सातौं दिन बिहीबार कलेक्सन डेढ करोड हाराहारीमा पुग्ने प्रक्षेपण छ । बिहीबार संविधान दिवसको सार्वजनिक बिदा भएकाले पनि शाम्बालाले बिदाको लाभ उठाउन सक्छ ।भामकै अघिल्लो फिचर फिल्म ‘कालोपोथी’ले पहिलो साता २५ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको थियो । कालोपोथी सीमित हलमा रिलिज हुँदा शाम्बाला भने देशव्यापी प्रदर्शनमा आएको छ ।

बिहीबारदेखि ‘शाम्बाला’को शो संख्या र अकुपेन्सीमा पनि बढोत्तरी भएको देखिन्छ । ‘फिल्मले बिहीबारदेखि पिकअप लिएको छ । उत्साहजनक अकुपेन्सी र प्रतिक्रियाले हामीलाई खुसी दिएको छ’ भामले भने ।भाम निर्देशित फिल्म बर्लिन र लोकार्नो फेस्टिभलपछि स्वदेशका हलमा रिलिज भएको हो । यो फिल्मले आगामी अस्कर अवार्डमा नेपालको प्रतिनिधित्व पनि गर्नेछ ।फिल्मको प्रवर्द्धनका लागि निर्देशक भामसहित कलाकार थिन्ले ल्हामो, सोनम तोप्देन लगायत हल भिजिटमा व्यस्त देखिएका छन् ।

सम्बन्धित खबर