२०८१ असोज ३, बिहिवार , १२:१४:३९ बजे

Sajhamanch
'

सुनको भाउ तोलामा ८०० रुपैयाँले घट्यो

बिहिवार, असोज ३, २०८१

काठमाडौं । सुनको भाउ आज पनि घटेको छ । हिजो तोलाको १ लाख ५६ हजार ४०० रहेको सुनको भाउ आज ८०० ले घटेर १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको सोमवार सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको १ लाख ५७ हजार ३०० रुपैयाँ पुगेको थियो । गएको तीन दिनदेखि सुनको भाउ लगातार घटिरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदी आज १० रुपैयाँले घटेर तोलाको १ हजार ८८० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।

बिहिवार, असोज ३, २०८१ | अर्थतन्त्र, समाज

सम्बन्धित खबर