२०८१ कार्तिक २९, बिहिवार , ०८:४४:१८ बजे

Sajhamanch
'

आज बिरामी सुरक्षा दिवस : बिरामी र स्वास्थ्य सुरक्षाबारे चेतनामूलक कार्यक्रम गरी मनाइँदै

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । बिरामी सुरक्षा र स्वास्थ्य सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले आज बिरामी सुरक्षा दिवस मनाइँदै छ ।

सन् २०१९ को मेमा विश्व स्वास्थ्य सङ्गठनको ७२ औँ महासभाले एक सय ९४ देशको सहभागितामा गरेको निर्णयअनुसार त्यही वर्षको सेप्टेम्बर १७ तारिखदेखि विश्व बिरामी दिवस मनाउन थालिएको हो ।

दिवसको अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रम हुँदै आएको छ । स्वास्थ्य मन्त्रालयले बिरामीका लागि सही निदान प्राप्त गर्न सहयोग पुग्ने पाँच कुरालाई जोड दिएको छ ।

ढिलो, गलत र अपूरो निदानले स्वास्थ्यमा जोखिम बढाउँछ तर रोगका लक्षण र समस्याबारे स्वास्थ्यकर्मीलाई बताउने, पर्खिनुपर्ने समयबारे सोधीखोजी गर्ने, स्वास्थ्यकर्मीबाट आवश्यक सल्लाह लिने तथा परीक्षणको नतिजा आएपछि पुनः स्वास्थ्यकर्मीसँग परामर्श लिनुपर्नेमा मन्त्रालयले जोड दिएको छ ।

सम्बन्धित खबर