२०८१ असोज ३, बिहिवार , ०१:३४:५१ बजे

Sajhamanch
'

एन्फा महिला लिग : सङ्कटा र एपीएफ तथा कोशी र आर्मी खेल्दै

मङ्गलवार, असोज १, २०८१

काठमाडौं । एन्फा महिला लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा सङ्कटा र एपीएफ क्लब खेल्दैछन् ।

यो खेल सातदोबाटोको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो १२ः३० बजे शुरू हुँदैछ । सङ्कटा पाँच खेलमा पाँच अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । समान खेलमा १३ अङ्कका साथ एपीएफ शीर्ष स्थानमा छ ।

आजै हुने दोस्रो खेलमा कोशी प्रदेश र त्रिभुवन आर्मी क्लब दिउँसो ३ः३० बजे खेल्दैछन् । पाँच खेलमा १० अङ्क रहेको कोशी चौथो र उति नै खेलमा समान १० अङ्कका साथ आर्मी तेस्रो स्थानमा छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको लिगमा १० टोली सहभागी छन् ।

सम्बन्धित खबर