२०८२ जेठ ३, शुक्रवार , ०३:२२:२४ बजे

Sajhamanch
'

मोरङमा सर्पले डस्दा ८ वर्षीया बालिकाको मृत्यु

मङ्गलवार, असोज १, २०८१

विराटनगर । मोरङको जहदामा सर्पले टोकेर नाबालिकाको मृत्यु भएको छ । जहादा गाउँपालिका–२ भीमपुर बेरियाका बिजु मुर्मूकी ८ वर्षीया छोरी चाँद मुर्मूको मृत्यु सर्पले डसेर भएको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार नाबालिकालाई पिसाब गर्न भनेर मंगलबार बिहानका राति २ बजेतिर अभिभावकले घरबाट बाहिर निकालेका थिए । पिसाब गर्दैगर्दा घरको आँगनमै नाबालिकालाई सर्पले टोकेको उनले बताए । तर, कुन सर्पले डसेको हो भनेर यकिन भइसकेको छैन ।

सर्पले डसेर गम्भीर घाइते भएकी नाबालिकालाई उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइपुर्याउनसाथ बिहान ४ः१५ बजेतिर चिकित्सकले मृत घोषित गरेको डीएसपी बस्नेतले बताए । चिकित्सकले सर्पको टोकाइबाट मृत्यु भएको जानकारी प्रहरीलाई दिएका छन् ।

सम्बन्धित खबर