२०८१ मंसिर १२, बुधवार , ०४:२३:०२ बजे

Sajhamanch
'

पत्रकार महासंघ झापाले दियो स्व. पत्रकार पाठकको परिवारलाई एक लाख सहयोग

शुक्रवार, भदौ २८, २०८१

झापा । नेपाल पत्रकार महासंघ झापाले स्वर्गीय पत्रकार नेत्र पाठकको परिवारलाई एक लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।

बिर्तामोडस्थित महासंघको कार्यालयमा आज शुक्रबार आयोजित संक्षिप्त कार्यक्रमका बीच महासंघ झापाका अध्यक्ष एकराज गिरीले स्व. पाठककी श्रीमती सीता र बुहारी हिमालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषको ब्याजबाट उक्त रकम सहयोग प्रदान गरिएको हो ।

कार्यक्रममा महासंघ झापाका पूर्व अध्यक्ष केशव आचार्य र भीम नेम्वाङले झापाली पत्रकारितामा स्वर्गीय पाठकको योगदानको चर्चा गर्दै पत्रकारका परिवारमा महासंघले पुर्याउँदै आएको सहयोगको प्रशंसा गरे ।

स्व. पाठक महासंघ झापाका पूर्व सचिव तथा प्रेस चौतारी भापाका संस्थापक अध्यक्ष हुन् । पाठक परिवारको तर्फबाट बुहारी हिमाले महासंघ झापाको काम अनुकरणीय भएको बताउँदै धन्यवाद ज्ञापन गरिन् ।

अध्यक्ष गिरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष केशव भट्टराई र सञ्चालन सचिव डिकेश लामाले गरेका थिए ।
महासंघ झापाले पत्रकार सहारा उपचार कोषको कार्यविधिमै महासंघका सदस्यको मृत्यु भएमा परिवारलाई अधिकतम एक लाख रुपैयाँसम्म प्रदान गर्ने यसैवर्षबाट व्यवस्था गरेको छ ।

गत अधिवेशनबाट पारित कार्यविधि अनुसार सदस्यको मृत्यु पश्चात पहिलोपटक महासंघले उक्त रकम प्रदान गरेको महासंघका कोषाध्यक्ष तथा कोषका सदस्य सचिव रञ्जित प्रसाईँले जानकारी दिए ।

त्यस्तै यसै साता महासंघ झापाका सदस्यहरू तीन जना पत्रकार महिलालाई सुत्केरी बापत जनही २५ हजार रुपैयाँका दरले सुविधा रकम प्रदान गरेको छ ।
पत्रकार महासंघ झापाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषमा हाल १ करोड ११ लाख ११ हजार १११ रुपैयाँ रहेको छ ।

२०८१ वैशाख ३ गते कोषमा उक्त रकमको घोषणासहित दाताहरूलाई सम्मान गरिएको थियो । कोषको ब्याजबाट पत्रकारहरूको सामाजिक सुरक्षामा सहयोग प्रदान गरिँदै आएको छ ।

पत्रकार सहारा उपचार कोष मार्फत महिला पत्रकार सुत्केरी हुँदादेखि महासंघका सदस्यको मृत्युपश्चातसम्म परिवारजनलाई सहयोग पु¥याउने कार्यले श्रमजीवी पत्रकारहरूको सामाजिक सुरक्षामा महत्त्वपूर्ण योगदान हुँदै आएको कार्यक्रमका सहभागीले चर्चा गरे ।

शुक्रवार, भदौ २८, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर