२०८१ असोज ३, बिहिवार , ०८:५६:५२ बजे

Sajhamanch
'

विष्णु माझीले दशैं गीत पनि ल्याउने

बुधवार, भदौ २६, २०८१

काठमाडौं । गायिका विष्णु माझीले दशैंको गीत पनि ल्याउने भएकी छन् । तीजमा गीत सार्वजनिक गरेको महिना दिनपछि उनको नयाँ गीत सार्वजनिक हुने तयारीमा छ ।

विष्णुको नयाँ गीतको उत्पादनमा सक्रिय स्रोतले  दिएको जानकारी अनुसार दशैंअघि उनको ‘दशैं गीत’ आउनेछ । गीतमा विष्णुका श्रीमान् सुन्दरमणि अधिकारीको शब्द र संगीत छ ।अहिले यो गीत उत्पादनको काम भइरहेको छ । तर चर्चामा आएजस्तो १० वटा गीत ल्याउने हल्लालाई स्रोतले खण्डन गरेको छ । ‘उहाँले दशैं गीत ल्याउँदै हुनुहुन्छ । श्रोता-दर्शकले घटस्थापना आसपासमा गीत सुन्न पाउनेछन्’ स्रोतले भन्यो, ‘१० वटा गीत ल्याउने भन्ने कुरा चाहिं त्यति परिपक्व खबर होइन ।’विष्णु माझीको पछिल्लो तीज गीत ‘आइन आमा यो तीजमा’लाई अहिलेसम्म युट्युबमा १ करोड ६५ लाख पटक हेरिएको छ ।