२०८१ मंसिर ८, शनिवार , ०५:२५:२१ बजे

Sajhamanch
'

बि एन्ड सी मेडिकल कलेजलाई एमबीबीएसका लागि ५० सिट

शनिवार, भदौ २२, २०८१

झापा । चिकित्सा शिक्षा आयोगले देशभरका शिक्षण अस्पतालमा एमबीबीएस अध्यापनका लागि सिट निर्धारण गरेको छ। सोही अनुसार झापा बिर्तामोडको बि एन्ड सी मेडिकल कलेजलाई ५० जना विद्यार्थी अध्यापन गराउने गरी सिट निर्धारण गरेको हो।

आयोगले बि एन्ड सीलाई लामो समयपछि मेडिकल कलेज स्वीकृ गरेपछि चालू वर्षबाट अध्यापनको लागि एमबीबीएसमा सिट पाएको हो। कलेजलाई एमबीबीएस अध्यापन सुरु गर्न सम्बन्धन दिनु भन्ने सर्वोच्च अदालतको आदेशपछि आयोगले आवश्यक प्रक्रिया अगाडि बढाएको हो।

बि एण्ड सीले काठमाडौं विश्वविद्यालयको सम्बन्धनमा एमबीबीएस कार्यक्रम सुरु गर्न लागेको हो।