२०८१ पौष २६, शुक्रवार , ०४:१९:४१ बजे

Sajhamanch
'

अर्थ मन्त्रालयले शर्तसहित डीडीसीमा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने, संस्थानले किसानलाई भुक्तानी दिन सक्ने

सोमवार, भदौ १७, २०८१

काठमाडौं । अर्थ मन्त्रालयले निश्चित शर्तसहित दुग्ध विकास संस्थान (डीडीसी) मा ६० करोड रुपैयाँ ऋण लगानी गर्ने भएको छ ।

आज भएको छलफलमा अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई सहमति दिएको छ । दुग्ध विकास संस्थानले यो रकम तत्कालका लागि किसानलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ ।

चालू आर्थिक वर्षका लागि दुग्ध विकास संस्थानको नाममा ऋण लगानीअन्तर्गत एक करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्न सहमति दिइएको हो । स सम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रूपमा लगानी गर्नेछ ।

दुग्ध विकास संस्थानबाट दूधको भुक्तानी नपाएको भन्दै किसानले भुक्तानीका लागि माग गर्दै आएका छन् । किसानलाई दूधको बाँकी रकम भुक्तानी गर्ने विषयमा उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी, दुग्ध विकास संस्थानका अधिकारीबीच पटक पटक छलफल भएको थियो ।

सम्बन्धित खबर