२०८१ पौष २६, शुक्रवार , १०:२७:४३ बजे

Sajhamanch
'

अगस्ट महिनामा ७२ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिए

सोमवार, भदौ १७, २०८१

काठमाडौँ । एक महिनाको अवधिमा ७२ हजार भन्दा बढी पर्यटक नेपाल भित्रिएका छन् । सन् २०२४ को अगस्ट महिनामा ७२ हजार ७१९ विदेशी पर्यटक नेपाल भित्रिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा ८.२९ प्रतिशतले बढी हो । अघिल्लो वर्ष २०२३ को अगस्टमा ६७ हजार १५३ पर्यटक नेपाल भित्रिएका थिए ।

यस्तै यो २०२० अगस्टको तुलनामा ७६।७५ प्रतिशतले कमी हो । २०१९ पछि कोभिड १९ फैलिएका कारण पर्यटकको सङ्ख्या घटेको थियो ।

अगस्ट महिनामा सबैभन्दा धेरै पर्यटक आउने ५ मुलुकमा भारत, चीन, अमेरिका, श्रीलङ्का र बङ्गलादेश रहेका छन् । यीमध्येमा सबैभन्दा धेरै भारतीय पर्यटक नेपाल भित्रिएको बोर्डले जनाएको छ ।

भारतबाट २५ हजार ८३२ पर्यटक नेपाल भित्रिएका छन् । दोस्रोमा चीनबाट ६ हजार ६१४, अमेरिकाबाट ५ हजार ६१४, श्रीलङ्काबाट ४ हजार ८५१ र बङ्गलादेशबाट ३ हजार ७७ जना पर्यटक नेपाल भित्रिएका छन् ।

सम्बन्धित खबर