झापा । श्री कृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला कार्यसमिति झापाको अध्यक्षमा समर्पण खतिवडा निर्वाचित भएका छन् ।
शनिबार बैगुनधुरामा सम्पन्न युवा परिषदको ३४औं साधारणसभा तथा १३औं जिल्ला अधिवेशनबाट खतिवडा तीन वर्षे कार्यकालका लागि अध्यक्षमा सर्वसम्मत भएका हुन् । उनी यसअघि परिषदको उपाध्यक्ष थिए ।
त्यस्तै परिषदको अधिवेशनले उपाध्यक्षमा कुमार कार्की, उमेश मिश्र, सचिवमा बासु पाण्डे, सहसचिवमा युवराज शिवाकोटी (मिलन), कोषाध्यक्षमा सुसन खतिवडा र सहकोषाध्यक्षमा डिल्ली पाण्डेलाई सर्वसम्मत गरेको छ ।
त्यस्तै सदस्यहरुमा युवराज कट्टेल, कृष्ण थपलिया, सन्दिप पौडेल, ज्योतिप्रसाद न्यौपाने, पुण्यप्रसाद दाहाल, मातृका भट्टराई, थिरेन्द्र भेटवाल, यामप्रसाद संग्रौला, मनोज रिजाल, प्रल्हाद खड्का र भुवन कटुवाल चयन भएका छन् ।
युवा परिषदको केन्द्रीय उपाध्यक्ष टंक ओझा संयोजक रहेको निर्वाचन समितिको सदस्यमा परिषदको केन्द्रीय उपमहासचिव सुवास रिजाल, केन्द्रीय सदस्य मदन अधिकारी, दिपक दिनेश दाहाल, प्रदेश अध्यक्ष अनिल ढुङ्गाना, बाइजुराज अध्यक्ष मिरा अधिकारी ओली रहेका थिए ।
युवा परिषद झापा अध्यक्ष टहलदास ओलीले आर्थिक तथा सांगठनिक प्रतिवेदनसहित अध्यक्षता गरेको कार्यक्रम झापा क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य एलपी साँवाको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि साँवाले परिषद सेवामुखी धार्मिक भएकाले समाज र सबैको हित हुने कार्य गर्न प्रणामी धर्मावलम्बीहरुलाई आग्रह गरे ।
उपाध्यक्ष सुरज सापकोटाले शाब्दिक स्वागत गरेको कार्यक्रमको सञ्चालन युवा परिषद सचिव मोहन अधिकारीले गरेका थिए ।
कार्यक्रममा युवा परिषद केन्द्रीय अध्यक्ष जगदिशचन्द्र शर्मा, प्रणामी मन्दिर बैगुनधुराका अध्यक्ष माधव खतिवडा, सत्सङ सेवा परिषद झापाका अध्यक्ष मिलन बस्नेत, बाइजुराज झापा अध्यक्ष मिरा अधिकारी ओली, गौरादह ९ का वडाध्यक्ष उपेन्द्र निरौला लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा युवा परिषदका ७ वटा उत्कृष्ट प्रारम्भिक समितिहरु दमक, सदगुरु सदन बिर्तामोड, बाहुनडाँगी, चारपाने, बैगुनधुरा र कचनकवललाई पुरस्कृत गरिएको थियो ।