२०८२ जेठ ५, आइतवार , ०२:०९:२७ बजे

Sajhamanch
'

धान​बाली सपार्न थारु समुदायमा ‘हरेरी’ पूजा

आइतवार, भदौ १६, २०८१

झापा । धानबालीमा रोग-किरा नलागोस् भनेर कञ्चनपुरका थारू समुदायले ‘हरेरी’ पूजा गर्न थालेका छन्।

थारू समुदायको बसोबास रहेको गाउँबस्तीमा धान रोपाइँ गरिएपछि सामूहिक हरेरी पूजा गर्ने चलन छ। साउनदेखि भदौभित्र यो पूजा गरिन्छ। पूजा अवधिभर माटो खन्ने, खेतबाट घाँस काट्ने लगायत कार्य गर्न पाइँदैन ।

धानबालीमा नोक्सानी पुर्‍याउने गुभिया, गाँधीलगायत कीराको प्रकोप हुन नदिन परम्परागतकालदेखि हरेरी पूजा गरिँदै आएको शुक्लाफाँटा वडा नं ३ जोनापुर गाउँका वडघरिया सुरेश चौधरीले बताए। गाउँभरिका मादल, गोबरबाट बनाइएका गुइँठा, गन्यारीकाठबाट उत्पादन गरिएको आगो, माटाको दियो, सिन्दुर, अक्षता, जललगायत सामग्रीको प्रयोग पूजामा गरिने परदेशी चौधरीले जानकारी दिए।

गाँधी, गुभियालगायत कीरा पक्रेर ल्याउने कार्य गरिन्छ। केही कीरा जिउँदै गुरुवाले चपाएर खाने पनि गर्छन्। यसो गर्दा खेतबारीमा रोग कीराको प्रकोप नहुने विश्वास छ।

सम्बन्धित खबर