२०८२ पौष ९ बुधवार , ०८:४१:१० बजे

Sajhamanch
'

मोरङमा केराघारीभित्र दुई बालिका मृत भेटिए, आमा बेपत्ता

आइतवार, भदौ १६, २०८१

मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–७ मा दुई बालिका मृत अवस्थामा भेटिएका छन् ।

स्थानीय सीता रेग्मीको घरमा डेरा गरी बस्दै आएका अर्जुन कार्की र अस्मिता कार्कीका छारीहरु १ वर्षीया अर्पणा र ३ वर्षकी आयिकाको शव नजिकैको केराघारीभित्र भेटिएका हो ।

उनीहरुको हत्या भएको आशंका प्रहरीले गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले दुई बालिकाको शव नजिकै किटनाशक औषधीको बट्टा भेटिएको र शरीरमा बाहिरी चोट नदेखिएकाले उनीहरुको हत्या भएको हुनसक्ने बताए ।

उनले बालिकाको शव भेटिएपनि आमा २९ वर्षीया अम्मिता कहाँ गइन भन्नेबारे विस्तृतमा अर्जुनसँग सोधपुछ भइरहेको बताए ।
मृत भेटिएका दुई बालिकाका बुवा अर्जुनले पति–पत्नीबीच झगडा भएपछि शुक्रबार राति करिब ८ः३० बजेतिर अम्मिता दुई छोरीलाई लिएर घरबाट निस्किएको बयान दिएका छन् ।

डीएसपी बस्नेतका अनुसार घरबाट निस्किएका पत्नी र छोरीको खोजी गर्ने क्रममा शनिबार साँझ शव फेला परेको हो ।
धनकुटाको पाख्रिबास नगरपालिका–४ डिकुरे घर भएका अर्जुन पत्नी र २ छोरीसहित सुन्दरहरैँचा–७ मालती टोलमा सीता रेग्मीको घरमा बस्दै आएका थिए । उनीहरुले बसेको डेरा नजिकै आफ्नै घर पनि बनाउँदै आएका थिए ।

सम्बन्धित खबर