२०८२ पौष ९ बुधवार , ०४:५३:१८ बजे

Sajhamanch
'

धरानमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु

शुक्रवार, भदौ १४, २०८१

सुनसरी । सुनसरीको धरान उप-महानगरपालिका-१७ स्थित धरान-चतरा सडक खण्डमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

हिजो दिउँसो प्रदेश १-०२-०५० प.५५९० नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल चालक मोरङ केराबारी गाउँपालिका-२ का २० बर्षीय सुरज लिम्बु र मोटरसाईकल पछाडि सवार लेटाङ नगरपालिका-७ का २१ बर्षीय यादव लिम्बु घाईते भएका थिए ।

घाईते दुबैजनालाई उपचारको लागि घोपा धरानमा लगिएकोमा यादव लिम्बुको उपचारको क्रममा मृत्यु भएको हो ।घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भईरहेको छ ।

सम्बन्धित खबर