२०८१ फागुन ११, आइतवार , ०४:४३:३७ बजे

Sajhamanch
'

प्रधानमन्त्रीद्वारा जननेता भण्डारीको प्रतिमा अनावरण

बिहिवार, भदौ १३, २०८१

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको आज अनावरण गरेका छन् ।

ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमाको एमालेको सचिवालय बैठक अघि उक्त अनावरण भएको हो ।

अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी रहेका थिए । कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गरेका हुन् ।