भद्रपुर । भद्रपुर मारवाडी महिला मञ्चले सुत्केरीलाई विभिन्न पोषकतात्व तथा नवजात शिशुलाई आवश्यक सामग्री वितरण गरेको छ । मञ्चले सोमबार बिहान श्रीकृष्ण जन्माष्टमीको अवसरमा मेची प्रादेशिक अस्पताल भद्रपुरका प्रसूति गृहमा पुगेर सामग्री वितरण हो ।
मञ्चकी अध्यक्ष निलम गोयलको नेतृत्वमा पुगेको टोलीले नाङ्लोमा सामग्री सजाएर सुत्केरी आमा र सुत्केरी गराउन भर्ना भएका महिलाहरुलाई सामग्री वितरण गरेका थिए ।
श्रीकृष्ण जन्माष्टमीको पर्वमा नवजात शिशु र आमाहरूलाई उपहार स्वरूप केही सामग्री वितरण गरिएको मञ्चकी अध्यक्ष गोयलले बताइन् । मञ्चले वर्षभरिमा यस्ता सामाजिक कार्यक्रमलाई अभियानकै रुपमा सञ्चालन गर्दै लैजाने उनले बताइन् ।