२०८१ मंसिर १५, शनिवार , ०४:३७:५० बजे

Sajhamanch
'

माओवादी केन्द्र भद्रपुरको विशेष अधिवेशन, नयाँ नेतृत्व चयन

सोमवार, भदौ १०, २०८१

भद्रपुर । माओवादी केन्द्र भद्रपुर नगर कमिटीको विशेष अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ ।

आठ पदाधिकारीमध्ये छ वटा पदमा सर्वसम्मत भएको थियो भने अध्यक्ष र खुला सहसचिव पदमा निर्वाचन प्रणालीबाट पदाधिकारी छनोट गरिएको छ । आइतबार राति सम्पन्न निर्वाचनबाट अध्यक्षमा हंशधर राजवंशी चयन भएका छन् भने सहसचिवमा तेजप्रसाद पौडेल विजयी भएका छन् ।

सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि अध्यक्षमा हंशधर र राजु दाहाल तथा सहसचिवमा तेजप्रसाद र पुष्पलाल राजवंशीले उम्मेदवारी दिएका थिए ।

निर्वाचनमा कूल मतदाता १९७ मध्ये १३१ मत खसेको निर्वाचन अधिकृत तारामणि सापकोटाले जानकारी दिनुभयो । जसमध्ये अध्यक्षमा १ मत र सहसचिवमा ९ बदर भएको छ ।

विशेष अधिवेशनले उपाध्यक्ष बिष्णु पौडेल र कमरेड उर्मिला सापकोटा सर्वसम्मत भएका छन् भने सचिवमा जीवन बाँस्तोला सर्वसम्मत भएको निर्वाचन समितिले जनाएको छ । त्यस्तै, सहसचिव महिलातर्फ सबिता पुरी र कोषाध्यक्ष पदमा बुद्धिमान लिम्बू सर्वसम्मत निर्वाचित भएका छन् ।

विशेष अधिवेशनले ४९ सदस्यीय समिति चयन गरेको छ भने ६ जना सदस्यीय नयाँ कार्यसमितिले मनोनित गर्ने जनाइएको छ ।

सम्बन्धित खबर