२०८१ मंसिर १५, शनिवार , ११:१६:४५ बजे

Sajhamanch
'

मध्यपूर्वको अवस्थाबारे युरोपेली देशको संयुक्त वक्तव्य जारी

मङ्गलवार, साउन २९, २०८१

झापा । युरोपेली संघमा आबद्ध देशले मध्यपूर्वको अवस्थाबारे संयुक्त वक्तव्य निकालेका छन् । अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र इटालीले वक्तव्य निकालेर यस क्षेत्रको तनाव कम गर्न र गाजामा युद्धविराम र बन्धकको रिहाइको लागि सम्झौतामा पुग्न पूर्ण समर्थन व्यक्त गरेका छन् ।

उनिहरुले अमेरिकी राष्ट्रपति जो बाइडेन, इजिप्टका राष्ट्रपति अब्दुल फताह अल–सिसी र कतारका अमिर तमिमको संयुक्त आह्वानलाई यस हप्ताको अन्त्यमा चाँडोभन्दा चाँडो सम्झौतामा पुग्ने उद्देश्यका साथ वार्तालाई समर्थन गर्ने जनाएका छन् ।

यसैबीच पाँच देशले इरानी आक्रमण र विद्रोही सङ्गठनविरुद्ध इजरायलको रक्षाको लागि आफ्नो समर्थन व्यक्त गरेका बीबीसीले जनाएको छ । उनिहरुले इरानले इजरायलमा सैन्य आक्रमणको निरन्तर धम्की दिइरहेकामा पनि आपत्ति रहेको जनाएका छन् । यस्ता आक्रमणबाट क्षेत्रीय सुरक्षामा पर्ने गम्भीर असरबारे पनि छलफल भएको छ ।

सम्बन्धित खबर