२०८१ मंसिर ११, मङ्गलवार , ०९:३६:०२ बजे

Sajhamanch
'

बेलायतमा हिंसात्मक प्रदर्शन, १५० जनाभन्दा बढी मानिस पक्राउ

सोमवार, साउन २१, २०८१

झापा । विगत केही दिनदेखि बेलायतका केही शहरहरुमा हिंसात्मक प्रदर्शन भइरहेका छन् । प्रदर्शनका क्रममा १५० जनाभन्दा बढी मानिसलाई पक्राउ गरिएको छ ।

प्रदर्शन दैनिक बढ्न थालेपछि प्रधानमन्त्री केयर स्टारमरले डाउनिङ स्ट्रिटमा आजका लागि आपतकालीन बैठक बोलाएका छन् । प्रधानमन्त्री स्टारमरले रोदरहमको एक होटल आवास शरणार्थीहरूले गरेको आक्रमणको निन्दा गरे ।

साथै हिंसात्मक गतिविधिमा संलग्नहरूलाई कानुनको दायरामा ल्याउन प्रतिवद्धता पनि जनाए । प्रहरीले ट्यामवर्थ, मिडल्सब्रो, बोल्टन, हल र वेमाउथ, बेलायतका अन्य भागहरूमा हिंसात्मक घटना भएको जनाएको छ ।

हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले हिंसात्मक गतिविधिमा संलग्न ठगहरूलाई न्यायको कठघरामा ल्याउन कुनै कसर नराखिने प्रतिवद्धता जनाए। टेलिभिजन सम्बोधनको क्रममा उनले संलग्नहरूलाई चेतावनी दिंदै आन्दोलनकारीले पश्चाताप गर्ने समेत बताए ।

सम्बन्धित खबर