२०८१ फागुन ३, शनिवार , ०७:०७:४८ बजे

Sajhamanch
'

प्रधानमन्त्री ओलीको प्राथमिकतामा पानीजहाज र रेलमार्ग सञ्चालन

सोमवार, साउन २१, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्ने विषयलाई प्राथमिकता दिन निर्देशन दिएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सिमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना बनाउन निर्देशन दिए।

नेपालमा २०२७ सालमै पानीजहाजको कानुन बने पनि हालसम्म सेवा सञ्चालन नहुनु विडम्बना भएको उल्लेख गर्दै उनले छिट्टै जल यातायात सञ्चालन हुने गरी काम गर्न आग्रह गरे। पानीजहाजबाट सीमा पारदेखि सामान ल्याउन–लैजान सुलभ र छिटो हुने तथा यात्रुहरु पनि त्यसबाट ओहोरदोहोर गर्न सक्ने उनको भनाइ छ ।

प्रधानमन्त्री ओलीले अहिले सञ्चालन भइरहेको कुर्था–जनकपुुर रेलमार्गमा दुई वटा रेल थप्नुपर्ने र त्यहाँको मार्गलाई बर्दिवाससम्म पुर्‍याउनुपर्ने बताए। उनले पूर्व–पश्चिम रेलमार्ग विस्तार गर्नुपर्ने र काठमाडौंमा जमिनमुनी रेल चल्न सम्भव नभएकाले स्काइ रेल चलाउनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले चालु रहेका राष्ट्रिय गौरवका आयोजना र योजनास्तरीय ढङ्गले छिटो सम्पन्न गर्नको लागि ध्यान दिन पनि आग्रह गरे।

सम्बन्धित खबर