२०८१ कार्तिक १०, शनिवार , ०८:४८:३६ बजे

Sajhamanch
'

मेचीनगरमा अपांगता रोकथाम तथा पुनःस्थापनाबारे अभिमुखीकरण

सोमवार, साउन २१, २०८१

मेचीनगर । अपांगता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्तर्गत मेचीनगरमा आइतबार अभिमुखीकरण कार्यक्रम गरिएको छ ।

मेचीनगर नगरपालिकाको आयोजना र करुणा फाउण्डेशनको सहकार्यमा भएको कार्यक्रममा मेचीनगरभित्र रहेका फरक क्षमताका व्यक्ति र १५ वटै वडाका अध्यक्ष तथा कार्यपालिका सदस्यहरु सहभागी थिए ।

नगर उपप्रमुख मीना उप्रेतीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले पछिल्लो समय बालबालिका अटिजमको शिकार बन्दै गएकाले उनीहरुलाई मनोपरामर्श आवश्यक रहेको बताए ।

“परिवारमा एकजना मात्रै बालबालिका फरक क्षमताका भएमा वा अटिजमको शिकार भएमा सिंगो परिवारको खुशी खोसिन्छ” नगरप्रमुख बुढाथोकीले भने, “ती सहाराविहीनहरुको सहारा हामी सपांगहरु बन्न सक्नुपर्छ ।”

सो अवसरमा करुणा फाउण्डेशन नेपालका वरिष्ठ कार्यक्रम संयोजक कमल कोईरालाले कार्यक्रमको औचित्यबारे प्रकाश पारेका थिए ।

त्यसक्रममा मेचीनगर ४ का वडा अध्यक्ष अर्जुनकुमार कार्की, समाज सुधार युवा संघ अपांग सहयोग समितिका धर्मराज घिमिरे लगायतले बोलेका थिए ।

प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले शाब्दिक स्वागतसहित कार्यक्रममाथि प्रकाश पारेको कार्यक्रममा नगर शिक्षा शाखा प्रमुख होमनाथ भण्डारी, वडा नम्बर ५ का वडा अध्यक्ष कनक कार्की, ७ का वडा अध्यक्ष प्रल्हादमणि ओली, ८ का वडा अध्यक्ष गिरीराज धमला, १० का वडा अध्यक्ष नारायण खनाल, ११ का वडा अध्यक्ष रूद्र डाँगी लगायतको आतिथ्यता थियो ।

सो कार्यक्रमको सञ्चालन नगर महिला तथा बालबालिका शाखा प्रमुख जयन्ती खरेलले गरेकी थिइन् ।

सम्बन्धित खबर