२०८१ मंसिर १४, शुक्रवार , १२:००:४३ बजे

Sajhamanch
'

अमेरिकामा टिकटकमाथि मुद्दा

आइतवार, साउन २०, २०८१

झापा । अमेरिकाले चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकमाथि मुद्दा हालेको छ । त्यहाँको न्याय मन्त्रालयले शुक्रवार टिकटक र उसको मातृ कम्पनी बाइटडान्समाथि सामाजिक सञ्जालमा बालबालिकाको गोपनीयता जोगाउन नसकेको भन्दै मुद्दा हालेको हो ।

यो मुद्दामा अमेरिकाको सङ्घीय व्यापार आयोग पनि संलग्न छ । बालबालिकाहरूको जानकारी अनधिकृत रूपमा सङ्कलन गर्ने प्रवृत्तिमा रोक लगाउन यो मुद्दा दायर गरिएको मुद्दामा भनिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले टिकटकमाथि कडाइ गरिरहँदा यो मुद्दा दायर भएको हो ।

सरकारका अनुसार टिकटकले अनलाइनमा बालबालिकाको गोपनीयता संरक्षण ऐनको उल्लङ्घन गरेको छ । यो ऐनका अनुसार अमेरिकामा १३ वर्षभन्दा मुनिका बालबालिकाको जानकारी सङ्कलन गर्न कम्पनीले तिनका अभिभावकको अनुमति लिनुपर्छ ।

अमेरिकामा टिकटकका झन्डै १७ करोड प्रयोगकर्ता छन् । जनवरी १९ सम्ममा कम्पनीले अमेरिकामा टिकटकको व्यवसाय अरूलाई बेचेन भने बाइटडान्स प्रतिबन्धमा पर्नेछ ।

सम्बन्धित खबर