२०८१ मंसिर १३, बिहिवार , ०६:०९:५५ बजे

Sajhamanch
'

टर्किएले लगायो इन्स्टाग्राममाथि प्रतिबन्ध

शुक्रवार, साउन १८, २०८१

झापा । टर्किए सामाजिक सञ्जाल प्लाटफर्म इन्स्टाग्राममाथि प्रतिबन्ध लगाएको छ । टर्किएको दूरसञ्चार प्राधिकरणले कुनै पनि कारण नखुलाई इन्स्टाग्रामाथि रोक लगाएको हो । साथै कहिलेसम्मलाई प्रतिबन्ध लगाइएको हो भन्नेबारे पनि टर्किएले कुनै जानकारी दिएको छैन ।

टर्किस राष्ट्रपतिका सञ्चार प्रमुख फहरेत्तिन अल्तुनको पोस्टमाथि अमेरिकी कम्पनी मेटाद्वारा सञ्चालित इन्स्टाग्रामले सेन्सरसिप गरेपछि यो कदम चालिएको आशंका गरिएको छ । अल्तुनले हमासका राजनीतिक ब्युरो प्रमुख इस्माइल हानियाप्रति श्रद्धाञ्जली दिइएका पोस्टहरू इन्स्टाग्रामले रोकेको बताएका थिए ।

टर्किस राष्ट्रपति रेचेप तय्यप एर्दोआनसँग हानियाको निकट सम्बन्ध रहेको बताइन्छ । सामाजिक सञ्जाल एक्समा अल्तुनले लेखेका थिए, ‘यो ठाडै सेन्सरसिपको प्रयास हो ।’ टर्किस सञ्चारमाध्यमहरूका अनुसार टर्किएमा ५ करोडभन्दा बढी इन्स्टाग्राम प्रयोगकर्ता छन् ।

इरानको तेहरानमा इजरायली आक्रमणमा बुधबार मात्र हमासको राजनीतिक ब्युरो प्रमुख इस्माइल हानिया मारिएका थिए । त्यस्तै इजरायली सेनाले आफ्नो कारबाहीमा हमासका सैन्य प्रमुख मोहम्मद देइफसमेत मारिएको बताएको छ ।

इजरायली सेनाले १३ जुलाईमा गाजामा गरेको आक्रमणमा हमासका सैन्य प्रमुख देइफ मारिएको जनाएको हो ।

सम्बन्धित खबर