२०८१ मंसिर ७, शुक्रवार , १०:१७:५४ बजे

Sajhamanch
'

एशिया कप महिला टी–२० क्रिकेटमा नेपाल भारतसँग ८२ रनले पराजित, समूह चरणबाटै बाहिरियो

बुधवार, साउन ९, २०८१

काठमाडौं । एसीसी एशिया कप महिला टी–२० क्रिकेटमा नेपाल भारतसँग ८२ रनले पराजित भएको छ । यो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । हिजो भएको समूह चरणको आफ्नो अन्तिम खेलमा भारतले दिएको १७९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सिता राना मगरले १८, विन्दु रावलले १७, रुबिना क्षेत्रीले १५ तथा कप्तान इन्दु बर्माले १४ रन बनाए । अरू खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । त्यसअघि श्रीलङ्काको दाम्बुलामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १७८ रन बनाएको थियो । भारतका शफाली बर्माले सर्वाधिक ८१ रन बनाइन् ।

नेपालले पहिलो खेलमा यूएईलाई छ विकेटले हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो । समूह ‘ए’ मा रहेको नेपालले दुई अङ्कसहित प्रतियोगिताको अन्त्य गरेको छ । नेपाल रहेको समूहबाट भारत छ अङ्कसहित समूह विजेता र पाकिस्तान चार अङ्कसहित समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

सम्बन्धित खबर