२०८१ कार्तिक २, शुक्रवार , ०२:०३:०३ बजे

Sajhamanch
'

एमसीसी परियोजनाका काम तोकिएकै समयमा सम्पन्न हुनेगरी अगाडि बढेको छ : प्रधानमन्त्री ओली

सोमवार, साउन ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी परियोजनाअन्तर्गतका कामहरु तोकिएको समयमै सम्पन्न हुनेगरी अगाडि बढेको बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरुसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री ओलीले एमसीसी परियोजनाअन्तर्गतका कामहरु तोकिएको समय पाँच वर्षभित्रै सम्पन्न हुनेगरी अगाडि बढेको बताए ।

सम्झौताअनुरुप ट्रान्समिसन लाइन, सबस्टेशन तथा सडक स्तरोन्नतिका आयोजना तोकिएको समयमै सम्पन्न हुनेगरी काम अगाडि बढेको उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले एमसीसीबाट प्राप्त हुने अमेरिकी डलर पाँच सय मिलियन बराबरको रकम सम्झौता अवधिभित्र पूरै उपयोग गर्नेगरी वित्तीय योजना ढाँचा कार्यान्वयन हुने पनि जानकारी दिए ।

‘एमसीसी सम्झौताअनुरुप ट्रान्समिसन लाइन, सबस्टेशन तथा सडक स्तरोन्नतिका आयोजना तोकिएको समय पाँच वर्षभित्रै सम्पन्न गर्नेगरी कार्ययोजना स्वीकृत भई सोहीअनुसार कार्य अगाडि बढेको छ । आयोजनाको सबस्टेशन निर्माणको लागि ठेक्का सम्झौतासमेत भइसकेको छ । ट्रान्समिशन लाइनको सम्बन्धमा एउटा खण्डको सम्झौता हुने चरणमा पुगेको छ’, उनले भने, ‘बाँकी काम तीब्र रुपमा अगाडि बढेको छ । एमसीसीबाट प्राप्त हुने अमेरिकी डलर पाँच सय मिलियन बराबरको रकम सम्झौता अवधिभित्र पूरै उपयोग गर्नेगरी वित्तीय योजना ढाँचा कार्यान्वयन हुनेछ ।’

उनले एमसीसी परियोजनामार्फत नेपालको ऊर्जा क्षेत्रको विकासमा विशेष योगदान पुग्ने तथा सडक स्तरोन्नतिमा नयाँ प्रविधि हस्तान्तरण हुने बताए ।

सम्बन्धित खबर