२०८१ पौष ४, बिहिवार , १२:३७:५७ बजे

Sajhamanch
'

संविधान संशोधन गर्न सबै दलसँग छलफल र परामर्श हुन्छ : प्रधानमन्त्री ओली

सोमवार, साउन ७, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधनका लागि सरकारमा रहेका र नरहेका सबै दलहरूसँग छलफल गर्ने बताएका छन् ।

सोमबार प्रतिनिधि सभा बैठकमा सांसदहरूसँग प्रश्नोत्तर गर्दै प्रधानमन्त्री ओलीले संविधान संशोधनका लागि सरकारमा रहेका र नरहेका सबै दलहरूसँग छलफल र परामर्श गर्ने बताएका हुन् । उनले संविधान संशोधन लहडको विषय नभएको भन्दै समयको माग र देशको आवश्यकताको लागि संविधान संशोधन गर्नुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले वर्तमानमा देखिएका समस्या सम्बोधन गरी संविधानलाई अझ जीवन्त बनाउन र देशलाई स्थायित्व र समृद्धिको मार्गमा अगाडि बढाउन संविधान संशोधन गर्नुपर्ने बताए ।

सम्बन्धित खबर