२०८१ कार्तिक २, शुक्रवार , ०९:०९:४७ बजे

Sajhamanch
'

काभा २० वर्ष मुनीको महिला भलिबल : सेमिफाइनलमा नेपालले कीर्गिस्तानसँग खेल्ने

आइतवार, साउन ६, २०८१

काठमाडौं । माल्दिभ्समा भइरहेको काभा २० वर्ष मुनीको महिला भलिबल च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले कीर्गिस्तानसँग खेल्ने भएको छ ।

समूह चरणको एउटा खेल जितेर अङ्क तालिकाको तेस्रो स्थानमा रहँदै सेमिफाइनलमा पुगेको नेपालले दोस्रो स्थानमा रहेको कीर्गिस्तानसँग खेल्ने भएको हो । खेल भोलि राति सवा नौ बजे हुनेछ । समूहको अन्तिम खेलमा श्रीलंकाले कीर्गिस्तानलाई हरायो ।

यससँगै श्रीलंका पहिलो र कीर्गिस्तान दोस्रो स्थानमा रहे । सबै तीन खेल हारेको माल्दिभ्स अङ्कविहिन हुँदै चौथो स्थानमा रह्यो । भोलि नै हुने पहिलो सेमिफाइनलमा श्रीलंका र माल्दिभ्स खेल्नेछन् । फाइनल खेल साउन ८ गते हुनेछ ।

सम्बन्धित खबर