२०८१ कार्तिक २, शुक्रवार , ०९:५३:४८ बजे

Sajhamanch
'

नेपालले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट’ अवार्ड जितेकोमा प्रधानमन्त्री ओलीको बधाई

बिहिवार, साउन ३, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड प्राप्त गरेकोमा सम्पूर्ण नेपालीलाई बधाई दिएका छन् । नेपालले राम्रो क्रिकेट मात्र खेलेको नभई त्यति नै मात्रामा खेललाई पनि साथ दिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् ।

‘हामी राम्रो क्रिकेट खेलिरहेका छौँ, अनि त्यति नै मात्रामा खेललाई समर्थन गरिरहेका छौँ, यसका लागि नेपाली खेलाडी, क्रिकेट प्रशासन र विश्वभर छरिएका खेलप्रेमी नेपाली दर्शक पनि बधाईका हकदार छन्’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

नेपालसहित ६ वटा देशले आईसीसी डेभलपमेन्ट अर्वाड्स पाएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले प्रदान गर्ने अवार्ड अन्तर्गत नेपालले ‘आईसीसी डिजिटल फ्यान इन्गेजमेन्ट अफ द इयर’ अवार्ड जितेको हो ।

सम्बन्धित खबर