२०८१ मंसिर १६, आइतवार , ०१:३७:२८ बजे

Sajhamanch
'

पूर्व–पश्चिम मुख्य सडकमा सार्वजनिक सवारीसाधन जथाभावी रोके जरिवाना

बुधवार, साउन २, २०८१

मेचीनगर । मेचीनगर नगरपालिकाले अस्तव्यस्त रहेको सवारी चापलाई व्यवस्थित बनाउने भएको छ ।

पूर्व–पश्चिम राष्ट्रिय लोकमार्ग, काँकरभिट्टा बस टर्मिनल, प्यारीभिट्टा बसपार्क लगायतका क्षेत्रहरुमा सवारी साधन सञ्चालन तथा पार्किङ व्यवस्थापनका लागि योजना बनाएर निर्णय गरिएको हो ।

नगरपालिकाले मंगलबार एक सूचना जारी गरी काँकरभिट्टा मेची भन्सार प्रवेशद्वारदेखि पश्चिम पूर्वाञ्चल पेट्रोल पम्मसम्म राष्ट्रिय लोकमार्गमा सार्वजनिक यातायातका सवारी साधन पार्किङ गर्न नपाईने जनाएको छ ।

सूचनामा भनिएको छ –‘काँकरभिट्टा बस टर्मिनल तथा प्यारीभिट्टा बसपार्क सञ्चालन तथा व्यवस्थापन समितिले सार्वजनिक यातायातका सवारी साधन सञ्चालन गर्न निर्धारण गरेको समय सारिणी तालिका बमोजिम मात्र सार्वजनिक यातायातका सवारी साधन सञ्चालनको व्यवस्था मिलाउने, काँकरभिट्टा बस टर्मिनलबाट सञ्चालनको समय सारिणी भित्र नपरेका सार्वजनिक यातायातका सवारी साधनहरु काँकरभिट्टा बस टर्मिनलमा यात्रु ओराली फर्कनुपर्ने छ ।’

नगरपालिकाले पहिलो पटक सवारी साधन व्यवस्थापनका विषयमा जरिवाना लिने समेत जनाएको छ ।

सूचनामा भनिए अनुुसार यो व्यवस्था बमोजिम नगरेको पाइएमा पहिलो पटक रु ५०० र त्यसपछि पनि अटेर गरे पटकैपिच्छे रु १ हजार का दरले जरिवाना लिने बताइएको छ ।

सम्बन्धित खबर