२०८१ कार्तिक ३, शनिवार , ११:२७:५१ बजे

Sajhamanch
'

क्यानडाको टोरन्टोमा सन् १९४१ यताकै ठूलो वर्षा

बुधवार, साउन २, २०८१

झापा । अत्यधिक वर्षापछि आएको बाढीका कारण क्यानडाको टोरन्टो शहर डुबानमा परेसँगै त्यस क्षेत्रका सडक जलमग्न भएका छन् । तीन ठूला आँधीका कारण अत्यधिक वर्षा भएपछि ती सडकबाट यात्रा गरिरहेका कयौँ यात्रु तथा चालकहरु फसेका छन् । अत्यधिक वर्षा र बाढीका कारण प्रभावित क्षेत्रमा विद्युत सेवासमेत अवरुद्ध भएको छ ।

टोरन्टो हाइड्रोकाअनुसार आँधीले १ लाख ६७ हजारभन्दा धेरैलाई बिजुलीबिहीन बनाएको छ । क्यानडाको मौसमी रिपोर्टअनुसार टोरन्टोमा सन् १९४१ पछिको वर्षाको दैनिक रेकर्ड तोडिएको छ । हिजो त्यहाँ १०० मिलिमिटर वर्षा मापन भएको बीबीसीले जनाएको छ ।

वर्षाका कारण शहरमा ठूलो बाढी पसेको छ । वर्षा र बाढीका कारण धेरै उडान रद्द भएका छन् भने केही राजमार्गहरु बन्द गरिएका छन् । बाढीमा फसेका १४ जनाको उद्दार गरिएको अधिकारीहरुले बताएका छन् । टोरन्टोमा भएका खोला तथा नदीमा पानीको बहाव बढेकोले अझै धेरै डुबानमा फसेकाको उद्धार गर्न बाँकी रहेको त्यहाँँको मौसम विभागले जनाएको छ ।

सम्बन्धित खबर