काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले मंगलबार पूर्वसचिव र पूर्वमहालेखापरीक्षकहरुसँग छलफल गरेको छ ।
समितिले पूर्वमहालेखापरीक्षक तथा पूर्वरजिस्ट्रार टंकमणि शर्मा, सहकारी मन्त्रालयका सचिवद्धय गोपीनाथ मैनाली र डा. दामोदर रेग्मीसँग छलफल गरेको हो ।
‘सहकारी ऐनको निर्माण, नियमनको प्रबन्ध, सहकारी संकट लगायत विभिन्न संरचनाहरूको स्थापना लगायत संरचनाहरूको कानूनी एवं व्यवहारिक अभ्यास र अनुभवका सम्बन्धमा महत्वपूर्ण छलफल भएको छ’, सभापति सूर्य थापाले भने ।