२०८१ कार्तिक ३, शनिवार , १२:०७:४३ बजे

Sajhamanch
'

विपदजन्य घटना : गएको जेठ २८ यता ज्यान गुमाउनेको सङ्ख्या ११३ जना पुग्यो

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । देशका विभिन्न ठाउँमा वर्षापछि आएको बाढी, पहिरोलगायतका विपदका घटनामा परी गएको जेठ २८ यता ११३ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरोलगायतका घटनामा काठमाडौं उपत्यकामा २, कोशी प्रदेशमा २०, मधेस प्रदेशमा ५, बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ३८, लुम्बिनी प्रदेशमा २३, कर्णाली प्रदेशमा ४ र सुदूरपश्चिम प्रदेशमा ८ जनाको ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार उपत्यकामा ८, कोशी प्रदेशमा ३१, मधेस प्रदेशमा नौ, बागमती प्रदेशमा सात, गण्डकी प्रदेशमा २८, लुम्बिनी प्रदेशमा नौ, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा ११ गरी ११९ जना घाइते भएका छन् ।

अहिलेसम्म चितवनको सिमलताल बस दुर्घटनाबाहेक सात जना बेपत्ता रहेका छन् । सिमलतालमा भएको घटनामा हिजोसम्म १४ जनाको शव विभिन्न क्षेत्रमा फेला परेको छ । अझै ४८ जना यात्रु र दुई बस बेपत्ता छन् । बेपत्ता यात्रु र बसको खोजी आज पाँचौ दिन पनि चलिरहेको छ ।

सम्बन्धित खबर