२०८१ कार्तिक ३, शनिवार , ०९:२२:५४ बजे

Sajhamanch
'

चितवनको सिमलताल दुर्घटना : प्रशासनले सार्वजनिक गर्‍यो दुई बसका यात्रुको विवरण (नामसहित)

मङ्गलवार, साउन १, २०८१

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालबाट पहिरोसँगै खसेका दुई वटा बसमा रहेका यात्रुको नामसहित विवरण सार्वजनिक गरेको छ । गएको शुक्रवार लेदोसहितको पहिरोले बगाउँदा दुई वटा बस र धेरैजसो यात्रु त्रिशूलीमा बेपत्ता छन् ।

काठमाडौंबाट गौरका लागि छुटेको एञ्जल बसमा ४ जना महिला र २३ जना पुरुष गरी २७ जना र वीरगञ्जबाट काठमाडौंका लागि छुटेको गणपति डिलक्स बसमा पाँच महिलासहित ३८ जना यात्रु रहेको विवरण नामसहित सार्वजनिक भएको छ । गणपति डिलक्सका ३ जना यात्रुले पौडिएर ज्यान जोगाएका थिए ।

चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले आफन्तले दाबी गरेको, बसको यात्रु चलानमा उल्लेख भएको आधारमा विवरण तयार गरी सार्वजनिक गरिएको बताए। विवरण अनुसार १० जना भारतीय नागरिक रहेको खुलेको छ । तर अझै पनि केही विवरणमा अन्योल नै रहेको उनले बताए।

खोजीका क्रममा १४ जनाको शव भेटिएको र तीमध्ये ७ जनाको परिचय खुलेर आफन्तले जिम्मा लिइसकेका छन् । बाँकी सात जनाको परिचय खुल्न सकेको छैन । अझै ४८ जना यात्रु र दुई बस बेपत्ता नै छन् । बेपत्ता यात्रु र बसको खोजी आज पाँचौ दिन पनि चलिरहेको छ ।

सम्बन्धित खबर