२०८१ कार्तिक ३, शनिवार , ०४:५०:१२ बजे

Sajhamanch
'

स्कटल्यान्ड र इङ्गल्यान्डसँगको शृङ्खलाका लागि अस्ट्रेलियाको टोली घोषणा

सोमवार, असार ३१, २०८१

झापा । अस्ट्रेलियाले स्कटल्यान्ड र इङ्गल्यान्डसँगको एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाका लागि युवा खेलाडी समेट्दै टोली घोषणा गरेको छ ।

डेभिड वार्नरले सीमित ओभरको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएपछि अस्ट्रेलियाले २२ वर्षीय जेक फ्रेजर म्याकगर्कलाई एकदिवसीय र टी–२० टोलीमा समेटेको छ । यस्तै अर्का २० वर्षीय कुपर कोनोली टी–२० टोलीमा अटाएका छन् ।

भारतसँग आउँदो नोभेम्बरमा शुरु हुने ५ खेलको बोर्डर–गाभस्कर टेस्ट शृङ्खलालाई ध्यानमा राख्दै टेस्ट टिमका कप्तान प्याट कमिन्सलाई एकदिवसीय र टी–२० शृङ्खलामा आराम दिइएको छ । मिचेल मार्श एकदिवसीय र टी–२० टिमका कप्तान रहने छन् । यस्तै म्याथ्यु वेडलाई टिमबाट बाहिर राखिएको छ भने एलेक्स केरी, नाथन एलिस, ग्लेन म्याक्सवेल, म्याथ्यु शर्ट र मिचेल स्टार्कलाई टी–२० टिमबाट बाहिर राखिएको छ ।

अस्ट्रेलियाले स्कटल्यान्डसँग ३ खेलको टी–२० शृङखला तथा इङ्गल्यान्डसँग ५ खेलको एकदिवसीय र ३ खेलको टी–२० शृङ्खला खेल्नेछ ।

सम्बन्धित खबर