२०८१ कार्तिक ४, आइतवार , ०१:२१:५० बजे

Sajhamanch
'

गाजाको अस्थायी मस्जिदमा भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु

सोमवार, असार ३१, २०८१

झापा । पश्चिमी गाजा शहरको शिविरमा रहेको अस्थायी मस्जिदमा शनिबार भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको अस्पतालका एक अधिकारीले जनाएका छन् ।

अल-अहली अस्पतालको आकस्मिक कक्षका प्रमुख डा।अमजद इलेवाले सीएनएनलाई दिएको जानकारी अनुसार अल शाती क्याम्पको फिल्ड मस्जिदमा भएको आक्रमणमा २० जना पुरुषको मृत्यु भएको थियो, र थप दुई पुरुषको आइतबार अस्पतालमा मृत्यु भएको हो।

गाजाको सिभिल डिफेन्सका प्रवक्ता महमूद बसालले सीएनएनलाई भने कि बम विस्फोट ‘दिउँसोको प्रार्थनाको बिचमा’ भएको थियो। उनले सबै घाइतेहरु गम्भीर रहेको र अपरेशन आवश्यक रहेको बताए ।

घटनास्थलको भिडियोमा शवहरू प्रार्थनाको लागि बिछ्याइएको म्याटमा लडिरहेको देखाइएको छ। धेरै मृत र घाइते व्यक्तिहरू हात(खुट्टा क्षतविक्षत भएको देख्न सकिन्छ।

इजरायली आईडीएफले हालसम्म घटनामा कुनै टिप्पणी गरेको छैन। कुनै पनि आक्रमणको लागि पूर्व चेतावनीको कुनै रिपोर्ट थिएन ।

सम्बन्धित खबर