२०८१ कार्तिक ३, शनिवार , १०:५१:३३ बजे

Sajhamanch
'

युरो कपको उपाधि स्पेनलाई, इङ्ल्यान्ड उपविजेता

सोमवार, असार ३१, २०८१

झापा । युरो कप २०२४ को उपाधि स्पेनले जितेको छ । बर्लिनमा आज बिहान भएको फाइनल खेलमा इङ्ल्यान्डलाई २–१ गोलले हराउँदै स्पेनले युरो कपको उपाधि जितेको हो ।

खेलको ४७ औं मिनेटमा निको विलियम्सलले गोल गरेर स्पेनलाई अग्रता दिलाए । ७३ औं मिनेटमा इङ्ल्यान्डले बराबरी गोल गर्‍यो । उसका कोल पालमरले गोल गरेका हुन् । तर ८६औं मिनेटमा मिकेल ओयारजाबालले गोल गर्दै स्पेनलाई जिताएका हुन् ।

स्पेनको यो चौथो युरो उपाधि हो । इङ्ल्यान्ड भने लगातार दोस्रो पटक युरो कपको उपविजेतामा सीमित भएको छ । इङ्ल्यान्डले अहिलेसम्म युरो कप उपाधि जित्न सकेको छैन ।

सम्बन्धित खबर