२०८१ कार्तिक ४, आइतवार , ०८:०९:५९ बजे

Sajhamanch
'

प्रतिनिधि सभाको बैठक स्थगित

बिहिवार, असार २७, २०८१

काठमाडौं । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ ।

बिहीबार ४ बजेका लागि तोकिएको बैठक सवा घण्टा ढिला सुरु भएको थियो । बैठक सुरु भएलगत्तै कांग्रेस सांसद रामहरि खतिवडाले मन्त्रीको अनुपस्थितिको कुरा उठाए । प्रतिनिधि सभा नियमावलीमा मन्त्री विना बैठक सञ्चालन गर्न नहुने व्यवस्था छ ।

त्यसपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरे । अब अर्को बैठक भोलि, शुक्रबार बिहान ११ बजे बस्नेछ । उक्त बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने कार्यसूची छ ।

सम्बन्धित खबर