२०८१ कार्तिक ४, आइतवार , १०:५१:०७ बजे

Sajhamanch
'

मलेसियामा अलपत्र परेका लिम्बू भद्रपुर नगरको पहलमा घर फर्के

मङ्गलवार, असार २५, २०८१

भद्रपुर। मलेसियामा बिरामी अबस्थामा अलपत्र परेका भद्रपुर वडा नं.४ का चन्द्रबहादुर लिम्बू नगरपालिकाको पहलमा घर फर्केका छन् ।

भद्रपुर नगरपालिकाको निरन्तर पहलमा कन्सुलर सेवा विभागले लिम्बूसँग सम्पर्क गरी सुरक्षित आप्रवासन सामी कार्यक्रमको समन्वयमा हिजो नेपाल फर्काएको नगरपालिकाले जनाएको छ । लिम्बू वैदेशिक रोजगारीका लागि मलेसियाको सेलेङ्गर केलाङमा विगत २३ वर्षदेखि कार्यरत थिए ।

विगत १४ वर्षदेखि परिवारसँग सम्पर्कमा नरहेका लिम्बू बिरामी अवस्थामा अलपत्र परेको समाचार संचारमाध्यममा प्रकाशित भएको थियो ।

मङ्गलवार, असार २५, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर