२०८१ कार्तिक ८, बिहिवार , ०६:५२:५५ बजे

Sajhamanch
'

बिर्तामोडको रक्तदान कार्यक्रममा ५५ पिन्ट रगत संकलन

सोमवार, असार २४, २०८१

बिर्तामोड । “रक्तदान जीवन दान” भन्ने मूल उद्घोषसहित सोमवार बिर्तामोडमा भएको रक्तदान कार्यक्रमबाट ५५ पिन्ट रगत संकलन भएको छ ।

पञ्चकन्या सोसाइटी र बिर्तामोड साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले संयुक्तरुपमा सो कार्यक्रम आयोजना गरेका थिए ।

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड रक्त सञ्चार शाखाको प्राविधिक सहयोगमा भएको कार्यक्रमको उद्घाटन नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले गरेका थिए ।

खानेपानी संस्थाका अध्यक्ष मेघराज बास्तोला र सोसाइटीका अध्यक्ष ओमनाथ उप्रेतीको संयुक्त अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो ।

सोसाइटीका कोषाध्यक्ष विष्णु चुडालले शाब्दिक स्वागत गरेको सो कार्यक्रमको सञ्चालन सोसाइटीका सचिव बीपी लामिछानेले गरेका थिए ।

सम्बन्धित खबर