२०८१ कार्तिक ५, सोमवार , ०८:५०:१७ बजे

Sajhamanch
'

एमालेका ८ मन्त्रीहरूको राजीनामा स्वीकृत

बिहिवार, असार २०, २०८१

काठमाडौं । नेकपा (एमाले) बाट संघीय सरकारमा मन्त्री भएकाहरूले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेबाट मन्त्री भएका ८ जनाले दिएको राजीनामा बिहीबार स्वीकृत गरेका हुन्।

एमालेले सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएको थियो भने मन्त्रीहरूले प्रधानमन्त्री दाहाललाई भेटेर राजीनामा बुझाएका थिए।

दाहाल नेतृत्वको सरकारमा एमालेबाट उपप्रधानमन्त्री एवम् भौतिक पूर्वधार मन्त्री रघुवीर महासेठ, कानून मन्त्री पदम गिरी, कृषि मन्त्री ज्वालाकुमारी साह, भूमि मन्त्री बलराम अधिकारी, उद्योग मन्त्री दामोदर भण्डारी, महिला, बालबालिका मन्त्री भगवती चौधरी, खानेपानी मन्त्री राजेन्द्रकुमार राई र रक्षा मन्त्री श्री हरिप्रसाद उप्रेती थिए।

एमालेका मन्त्रीहरूले राजीनामा दिएकोले ती मन्त्रालयको कार्यभार राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालले नै सम्हाल्ने गरी तोकेका छन्। दाहाल सरकारलाई एमालेले दिएको समर्थन फिर्तासँगै अहिलेको सरकार अल्पमतमा परेको छ।

गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीच समीकरण बनाउँदै सरकार बनाउने र संवधान संशोधनलगायत विषय अघि बढाउने सहमति गरेका थिए।

सम्बन्धित खबर