२०८१ मंसिर ८, शनिवार , ०२:५६:३८ बजे

Sajhamanch
'

एसईईमा भद्रपुरबाट एमरेल्डका अनुज कर्ण प्रथम

आइतवार, असार १६, २०८१

भद्रपुर । २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परिणाम अनुसार भद्रपुरमा एमरेल्ड एकाडेमीका छात्र अनुज कर्ण प्रथम भएका छन् ।

संस्थागत विद्यालयका कर्ण ३.९० जीपीएसँगै नगर प्रथम भएका हुन् भने सामुदायिक विद्यालयबाट वीरेन्द्र माध्यमिक विद्यालयका समृद्ध गुरागाईं ३.८३ जीपीएसहित प्रथम र सिम्रन दाहाल ३.८२ जीपीए ल्याएर दोस्रो भएका नगर शिक्षा शाखाका योगेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार संख्यात्मक रूपमा विशिष्ठ श्रेणी ‘ए’ प्लस १५ जनाका साथ वीरेन्द्र मावि प्रथम, ८ जनाका साथ एमरेल्ड एकाडमी दोस्रो भएका छन् ।

संस्थागत र सामुदायिक गरी २८ वटा विद्यालयले एसईई परीक्षा–२०८० मा सहभागिता जनाएकामा २ वटा विद्यालयको उत्तीर्ण दर शून्य छ भने अन्य विद्यालयले न्यूनतम १.६४ प्रतिशतदेखि अधिकतम ९०.९१ प्रतिशतसम्म उत्तीर्ण गराएका छन् ।

उत्तीर्ण प्रतिशतमा सामुदायिकभन्दा संस्थागत विद्यालय नै अब्बल देखिएको भद्रपुरमा ९०.९१ प्रतिशत उत्तीर्ण दर प्राप्त गर्दै भद्रपुर २ को ज्ञान सरोवर निकेतन प्रथम, ६८.५२ प्रतिशतसहित भद्रपुर ७ को एमरेल्ड एकाडेमी द्वितीय, ६६.६७ प्रतिशतका साथ मोरान मेमोरियल र कृष्ण द्वैपायन गुरूकुलले तेस्रो भएका छन् ।

उत्तीर्ण दर १.६४ कायम राख्दै भद्रपुर मावि अन्तिममा छ । त्यस्तै, भद्रपुर ६ को मोर्डन अंग्रेजी मावि र भद्रपुर १० को सेन्ट कुजुर एकेडेमी विद्यार्थी उत्तीर्ण नभएका विद्यालय बनेका छन् ।

यी दुवै विद्यालय नीजि लगानीका संस्थागत विद्यालय भए पनि परीक्षाफल परिणामले कमजोर देखिएका छन् ।

सम्बन्धित खबर