२०८१ मंसिर १०, सोमवार , ०५:४१:१९ बजे

Sajhamanch
'

श्रेष्ठको जन्मोत्सवमा व्यवसायी राहत कोषमा रकम प्रदान

मङ्गलवार, असार ११, २०८१

बिर्तामोड । बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको ‘व्यावसायीक राहत कोष’ का लागि व्यवसायी दिनेश श्रेष्ठले ११ हजार १ सय ११ रुपैयाँ प्रदान गरेका छन् ।

बिर्तामोड उद्योग वाणिज्य संघका सदस्यसमेत रहेका श्रेष्ठले आफ्नो जन्म दिनको अवसर पारेर संघका अध्यक्ष राजु न्यौपाने र महासचिव कुशल खतिवडालाई रकम प्रदान गरेका हुन् ।

संघले एक करोड रुपैयाँ बराबरको व्यवसायी राहत कोष स्थापना गरेको छ । व्यवसायी राहत कोष स्थापना भएसँगै सामाजिक व्यक्तित्व तथा व्यवसायीहरुले जन्मदिन र विभिन्न अवसरमा रकम प्रदान गर्दै आएका छन् ।

श्रेष्ठले जन्मोत्सवमा गरिने फजुल खर्चलाई कटाएर कोषमा सहयोग रकम उपलब्ध गराएको बताए ।

मङ्गलवार, असार ११, २०८१ | जिल्ला समाचार, समाज

सम्बन्धित खबर