![](https://sajhamanch.com/wp-content/uploads/2024/06/Birtamod.jpg)
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाले पोलियो विरुद्धको आइपीभी खोप अभियानमा उल्लेख्य प्रगति हासिल गरेको छ । खोप लगाउने प्रगतिका आधारमा बिर्तामोड जिल्लाकै उत्कृष्ट देखिएको छ ।
पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियान–२०८१’ मा नगरले १४५ प्रतिशत प्रगति हासिल गरेको हो । आइपीभी खोप अभियान अन्तरगत जिल्लाका पालिकामध्ये सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा १४५ प्रतिशत अर्थात् ८ हजार ११७ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षण प्रकाश पाठकले जानकारी दिए।
बिर्तामोडमा ५ हजार ६०६ जना बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको थियो । २०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएर उक्त खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरेर गत जेठ १६ गतेदेखि २६ गतेसम्म अभियान सञ्चालन भएको थियो ।