मेचीनगर । झापाको मेचीनगरबाट प्रहरीले करिब चार लाखको अवैध कपडा बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा र शसस्त्र प्रहरी बल नेपाल प्रस्थावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले मेचीनगर–६ मेचीपुलबाट नेपालदेखि भारततर्फ अबैध रुपमा भन्सार छलि लुकाई छिपाई लैजादै गरेको कपडा प्रहरीले बरामद गरेको हो ।
प्रहरीले कुर्ता १३९ पिस, थैली ४०० पिस, हन्जु ११० गरी करिब ३ लाख ९९ हजार बराबरको कपडा नियन्त्रण गरी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याएर राखिएको सो सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।