२०८१ माघ २४, बिहिवार , ०६:५१:५३ बजे

Sajhamanch
'

माईखोलाको बाढीले तीन परिवार विस्थापित

बिहिवार, असार ६, २०८१

झापा । झापाको शिवसताक्षी नगरपालिका–१० बिहानी टोलस्थित टोलको पश्चिमतर्फबाट कन्काई माईखोलाले कटान सुरु गरेपछि यहाँका तीन परिवार विस्थापित भएका छन् ।

टोलका १० घरमध्ये तीनवटा घर अतिजोखिम रहेकाले शिवसताक्षी–१० वडा कार्यालयको समन्वयमा उनीहरूलाई स्थानीय मुक्तिघाटको भवनमा स्थानान्तरण गरिने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विस्थापित हुनेमा शिवसताक्षी–१० का प्रेमप्रसाद उप्रेती, गोलबसी ऋषिदेव र टुना ऋषिदेवको परिवार रहेको छ ।

सम्बन्धित खबर