तेह्रथुम । तेह्रथुमको म्याङलुङमा जारी कोशी प्रदेशस्तरीय पुरुष फुटबल प्रतियोगितामा धाइजन–चारआली फुटबल क्लब झापा विजयी भएको छ ।
धाइजन–चारआली फुटबल क्लब झापाले सुनसरी फुटबल क्लबलाई हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो ।सुनसरीलाई ३–० गोल अन्तरले हराउँदै धाइजन–चारआली फुटबल क्लब झापा विजयी बनेको हो ।
धाइजन–चारआली झापाका तर्फबाट जर्सी नम्बर ८ का खमिर गिल्सन लिम्बू, जर्सी नम्बर ९ का प्रदीप बुढाथोकी र ११ का मनिष लिम्बूले गोल गरेका थिए ।
प्रतियोगिताको विजेताले नगद ३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले २ लाख २२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछ । धाइजन–चारआली फुटबल क्लब झापाले अब सेमीफाइनलमा ओखलढुंगा फुटबल क्लवको सामना गर्नेछ ।
कोशी प्रदेश खेलकुद विकाश बोर्डको आयोजना, म्याङलुङ नगरपालिकाको सह–आयोजना तथा खेलकुद विकाश समिति तेह्रथुमको संयोजनमा म्याङलुङ रंगशालामा शुरु भएको प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राईले गरेका थिए ।