२०८१ माघ २४, बिहिवार , ०१:५३:२१ बजे

Sajhamanch
'

रतुवा खोलाले बगाएर एकजनाको मृत्यु

बिहिवार, असार ६, २०८१

झापा । झापाको दमकस्थित रतुवा खोलामा एक पुरुषको शव भेटिएको छ । वर्ण गोरो, उचाइ अन्दाजी ५ फिट ६ इन्च, दाह्री कपाल फुलेको, कालो जिन्स कम्ब्याट र भेष्ट लगाएको, अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको सनाखत हुन बाँकी छ ।

बिहीबार बिहान करिब ८ बजेको समयमा दमक नगरपालिका-७ स्थित रतुवा पुल छेउमा शवमा फेला परेको थियो । खोलाले बगाएर ल्याएको शव फेला परेपछि इलाका प्रहरी कार्यालय दमकको टोली तत्काल घटनास्थल पुगेका थिए ।

सम्बन्धित खबर